शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

‘साम्बा’को उपचारमा बेवास्ता गरेको भन्दै एन्फाविरुद्ध खेलाडीको प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ फागुन, २०८२ मा प्रकाशित
‘साम्बा’को उपचारमा बेवास्ता गरेको भन्दै एन्फाविरुद्ध खेलाडीको प्रदर्शन
काठमाडौं, फागुन १२ :

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले वेवास्ता गरेको भन्दै  खेलाडीहरुले एन्फा कम्प्लेक्स अगाडि विरोध प्रदर्शन गरेका छन्।

पूर्वकप्तानसहितका खेलाडीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेस परिसरमा लिग त गराउन सकेको छैन खेलाडीको उपचारमा मद्धत त गर लगायतका नारा लेखिएका प्ले-कार्डसहित प्रदर्शन गरेका हुन्।

नेपाली महिला फुटबलकी कप्तान साम्बाले गरिन् उपचारका लागि सहयोगको अपिल
 

साम्बाको उपचारमा एन्फाले वेवास्ता गरेपछि साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोग मागेकी थिइन्। दुवै घुँडामा गम्भीर चोट लागेको हुँदा जटिल शल्यक्रिया गर्न कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने साम्बाले लेखेकी छन् ।  देशलाई चिनाउने उत्कृष्ट खेलाडीको यो अवस्था देखेपछि खेलाडी र खेलप्रेमीहरुले सरकार र एन्फाविरुद्ध आक्रोश पोखेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार