
धादिङमा गएराति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये एक बेलायती नागरिकसहित ९ जनाको मात्र सनाखत भएको छ ।
मृत्यु हुनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान रहेका छन्। त्यसैगरी कास्की पोखरा महानगरपालिका–३० का करिब ४० वर्षीय विवेक बस्तोला, स्याङ्जा वालिङ–१४ घर भई हाल काठमाडौं नागार्जुन–६ बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँ व्यास गाउँपालिका–४ का करिब ४० वर्षीय ओमकुमार मल्ल, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का करिब ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँ शुक्लागण्डकी–७ मालेबगरकी करिब ५५ वर्षीया विष्णुमाया ढका, काठमाडौं–६ बौद्ध टुसालका करिब ४२ वर्षीय लोप्साङ गोले, तनहुँ भिमाद नगरपालिका–६ का करिब ४५/४६ वर्षीय हरिप्रसाद सिग्देल तथा पाल्पा तानसेन नगरपालिका–२ का करिब ५५ वर्षीय नबिन्द्र श्रेष्ठ रहेका छन्।
अन्य १० जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। तीमध्ये केहीको उपचारका क्रममा मृत्यु भएको हो। सनाखत नभएका मृतकहरूमा विभिन्न उमेर समूहका पुरुष तथा महिला रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गएराति पोखराबाट काठमाडौं आउँदै गरेको ग.२ ख. १२३१ नम्बरको बस धादिङ बेनिघाट रोराङ गाउँपालिकाको चरौंदी नजिक भैंसेडाँडा भन्ने स्थानमा दुर्घटना भएको थियो ।
घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना गरी जम्मा २५ जनाको उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु हुनेको विवरण यसप्रकार छ :
१. स्टेवार्ट डोमिनिक इथान नाम गरेका वर्ष २४ का पुरुष (British नागरिक)
२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष ४० को विवेक बस्नेत
३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६३ को चन्द्र बहादुर ढेंकर
४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी वर्ष ४० का ओम कुमार मल्ल
५. जिल्ला धादिङ, साविक सत्यदेवी–८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ढुंगाना
६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गाउँपालिका–७ बस्ने अन्दाजी वर्ष ५५ की विष्णुमाया ढकाल
७. जिल्ला काठमाडौंको बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष २९ का लोमाङ गोले
८. जिल्ला तनहुँ, भिमान नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष ४५/४६ का हरि प्रसाद सिग्देल
९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नम्बर १ बस्ने अन्दाजी वर्ष ५५ को नबिन्द्र श्रेष्ठ
१०. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ वर्षको पुरुष (काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु)
११. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५/५० को पुरुष व्यक्ति
१२. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा Roheeet लेखिएको ट्याटु)
१३. हाल नामथर, वतन नखुलेको अ. वर्ष १९/२० को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा चंगेरो र गिटारको त्बततयय)
१४. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला
१५. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला
१६. हाल नामथर, वतन नखुलेको अ. वर्ष ५०/५२ को पुरुष व्यक्ति
१७. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३४/३६ की महिला
१८. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३० की महिला
१९. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५ की महिला