बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
विदेश

यौन प्रकरणमा मुछिएका बेलायती राजाका भाइ पक्राउ

आफूले कुनै पनि गलत कार्य नगरेको दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ फागुन, २०८२ मा प्रकाशित
यौन प्रकरणमा मुछिएका बेलायती राजाका भाइ पक्राउ
लन्डन, फागुन ७ :

 यौन प्रकरणमा मुछिएका बेलायती राजाका भाइ एन्ड्रयु माउन्टबेटन पक्राउ परेका छन्। उनी बेलायतका राजा चाल्र्स तृतीय का भाइ तथा पूर्व राजकुमार हुन्। थेम्स भ्याली प्रहरीले सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा उनलाई हिरासतमा लिएको जनाएको छ।

प्रहरीका अनुसार, दोषी ठहरिएका यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी आदान–प्रदान गरिएको आरोपबारे अनुसन्धान भइरहेका बेला उनलाई पक्राउ गरिएको हो। एन्ड्रयुले भने आफूले कुनै पनि गलत कार्य नगरेको दाबी गर्दै आएका छन्।

गत वर्ष उनको राजकुमार उपाधि समाप्त गरिएको थियो। उपाधि खारेज भएसँगै उहाँले रोयल लज छोड्नुपरेको थियो। त्यसपछि उहाँ नोरफोकस्थित स्यान्डरिङहम हाउसमा बस्दै आएको बताइएको छ।

उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने विवरण सार्वजनिक गरिएको छैन। यद्यपि, पक्राउ गरिएको दिन बिहान स्यान्ड्रिङ्घम क्षेत्रमा प्रहरी संकेत नभएका सवारी साधनहरू देखिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बीबीसी का अनुसार, सार्वजनिक कार्यालयमा दुव्र्यवहारसम्बन्धी उजुरीमाथि अनुसन्धान जारी छ। प्रहरीले जारी गरेको विज्ञप्तिमा ६० वर्षभन्दा माथिका एक व्यक्तिलाई नोरफोकबाट पक्राउ गरिएको र बर्कशायर तथा नोरफोकस्थित ठेगानाहरूमा खोजी भइरहेको जनाएको छ।

प्रहरीले राष्ट्रिय निर्देशिकाअनुसार पक्राउ परेकाको नाम सार्वजनिक नगरिने र मुद्दा सक्रिय रहेकाले अदालतको अवहेलनाबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार