शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

टी-२० विश्वकप : वेस्टइन्डिजसँग ९ रनले पराजित भएसँगै नेपाल समूहचरणबाटै बाहिरियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ फागुन, २०८२ मा प्रकाशित
टी-२० विश्वकप : वेस्टइन्डिजसँग ९ रनले पराजित भएसँगै नेपाल समूहचरणबाटै बाहिरियो
मुम्बई, फागुन ३ :

नेपाल टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा आज भएको तेस्रो खेलमा वेस्टइन्डिजसँग ९ रनले पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो । लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्टइन्डिजले २८ बल बाँकी हुँदै १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान दिए । त्यस्तै सोमपाल कामीले २६ रन बनाए ।

 लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११-११ रन  जोडे । वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एक/एक विकेट लिएका थिए ।

यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो । जारी विश्वकपमा वेस्टइन्डिज लगातार तेस्रो खेलमा जित निकलादै सुपर आठमा प्रवेश गरेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार