
काठमाडाैं, फागुन १ :
वीर अस्पतालमा स्वास्थ्य बिमाबाट उपलब्ध हुने सेवा कटौती भएको छ । बिमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएका कारण सेवा कैटाती गर्नुपरेको अस्पतालका निर्देशक डा. दिलीप शर्माले बताएका छन् । बिमा मार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको उनको भनाइ छ ।
अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि दिने गरेको थियो । उक्त सेवालाई कटौती गर्दै एकपटकमा ती औषधि एक महिनासम्म मात्रै दिइने निर्णय गरिएको हो । फागुन १ गतेदेखि लागू हुने गरी सेवा कटौती गरिएको सूचनामा उल्लेख छ ।