आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध #सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध
समाचार

आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने

· शुक्रबार, १ फागुन, २०८२ मा प्रकाशित
आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने
काठमाडौं, फागुन १ :

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा  मुख्यतया मौसम  सफा रहेको छ ।

आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र  बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

त्यसैगरी,आज राति तराईका केही स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा  बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना  छ ।

महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना रहेको तथा तत्काल वर्षाको सम्भावना पनि नरहेकाले तराई र  उपत्यकाहरूमा वायु प्रदूषण रहिरहने भएकाले त्यसबाट सुरक्षित रहन सर्वसाधारण तथा सरोकारभएका सबैमा अनुरोध गरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार