बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री #नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री
खेलकुद क्रिकेट

इटालीविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ माघ, २०८२ मा प्रकाशित
इटालीविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
काठमाडौं, माघ २९ :

आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज इटालीविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ । भारतको  मुम्बईस्थित वानखेडे रङ्गशालामा इटालीले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । जसमा शेर मल्लको स्थानमा ललित राजवंशीलाई अवसर दिइएको छ ।  विश्वकपमा नेपाल र इटालीले प्रतियोगितामा दोस्रो खेल खेलेका हुन् ।

पहिलो खेलमा नेपाल इङ्ग्ल्याण्डसँग चार रनले पराजित भएको थियो भने  इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । दुवै टोली पहिलो जितको खोजीमा छन् । विश्वकपको समूह सी मा रहेका नेपाल र इटली मात्र अङ्कविहीन रहेका हुन् ।

यस समूहमा चार अङ्कका साथ वेस्ट इण्डिज शीर्ष तथा समान दुई अङ्क भएका स्कटल्याण्ड र इङ्ग्ल्याण्ड क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । सुपर आठको सम्भावना कायमै राख्न दुवै टोलीका लागि यस खेलमा जित महत्वपुर्ण मानिएको छ ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् । त्यस्तै इटालीको प्लेइङ ११ मा एन्थोनी मोस्का, जस्टिन मोस्का, जे जे स्मट्स, ह्यारी मानेन्टी, बेन्जामिन मानेन्टी, मार्कस क्याम्पोपियानो, ग्रान्ट स्टुवर्ट, जियान–पिएरो मीड, जसप्रीत सिंह, क्रिशान कालुगामागे र अली हसन छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार