शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

विपद्को कहरः ललितपुरका अधिकांश स्थानमा विद्युत् आपूर्तिमा समस्या

· सोमबार, १५ असोज, २०८१ मा प्रकाशित
विपद्को कहरः ललितपुरका अधिकांश स्थानमा विद्युत् आपूर्तिमा समस्या
काठमाण्डौँ , असोज १५ :

अविरल वर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ । 

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण ललितपुरको अधिकांश स्थानमा बिजुली आपूर्ति अवरुद्ध भएको थियो । कैयौँ स्थानमा पोल ढलेको, वितरण लाइनमा क्षति पुगेका कारण विद्युत् आपूर्तिमा कठिनाइ हुँदै आएको थियो ।

काठमाडौँ र भक्तपुरमा आइतबारदेखि नै नियमित रुपमा बिजुली उपलब्ध भइसकेको भएपनि ललितपुरका सहरी क्षेत्र बाहेकका स्थानमा अझै मर्मत सम्भार जारी रहेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणको लगनखेल वितरण केन्द्रका प्रमुख विजय महतोले कतिपय स्थानमा सडक यातायात सञ्चालन हुन नसक्दा मर्मत सम्भारमा समस्या भएको बताउनुभयो।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले मर्मत सम्भारका लागि आवश्यक जनशक्ति परिचालन गरिएको र आज साँझसम्म धेरै स्थानमा नियमित बिजुली उपलब्ध हुने जानकारी दिनुभयो।

लाकुरी भञ्जाङमा १० वटा पोलमा क्षति भएको छ भने सडकमा पहिरो आउँदा मर्मत सम्भारमा जनशक्ति परिचालन गर्न समस्या परेको छ । 

बाटो खुलेको अवस्थामा दुई दिनभित्र नियमित गर्न सहज हुनेछ । गोदावरी- ३ पुल्चोकी जाने बाटोमा अवरोध छ । बाटो सञ्चालन भएपछि तीन दिनभित्र बिजुली उपलब्ध हुनेछ । 

भट्टेडाँडामा रहेको नागरिक उड्डयन प्राधिकरणको राडार नजिक भएको क्षतिको यकिन विवरण रुपमा प्राप्त हुन सकेको  छैन । तर सो स्थानमा आज अबेरसम्म बिजुली उपलब्ध गराउने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार