
काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र साहको चप्पल कारखानास्थित घरमा चोरी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगर-१६ का ४२ वर्षीय मनिष राजवहाक, सिन्धपुाल्चोक लिसंखुपाखर-६ घर भइ काठमाडौं-३१ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी दिपायल वसलगढी- ६ भइ धादिङ धुनिबेँसी नगरपालिका-७ का ४५ वर्षीय संजय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।उनीहरुलाई काठमाडौं विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
परिसरका एसएसपी रमेश थापाका अनुसार राजवहाक जेन-जी आन्दोलनका क्रममा भदौं २४ मा नख्खु कारागारबाट भागेका कैदी हुन् । पक्राउ परेका तीनैजना यसअघि विभिन्न कसुरमा जेल परेका व्यक्ति हुन् । उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप, सुनका गरगहना, सीसीक्यामेरालगायत सामान समेत बरामद गरेको जनाएको छ ।