शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति भिडियो

मानवअधिकार आयोगले निर्वाचनको अनुगमन गर्ने

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने व्यवस्था गरियोस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० माघ, २०८२ मा प्रकाशित
मानवअधिकार आयोगले निर्वाचनको अनुगमन गर्ने
ललितपुर, माघ २० :

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका छन् ।

आगामी फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा मंगलबार ललितपुरमा सञ्चारकर्मीसंग छलफल गर्दै अध्यक्ष मगरले कसैको डर त्रासमा नभइ स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका हुन् ।

उनले सञ्चारमाध्यमले निष्पक्ष भएर गलत सूचनालाई रोक्ने गरि सतर्कता अपनाउनुपर्नेमा जोड दिए । चुनावमा भइरहेको ठाउँमा कुनै किसिमबाट बुथ क्यापचर, मतदाताहरूलाई मतदान स्थल पुग्न नदिने अवस्था भइरहेको छ वा छैन भन्ने कोणबाटपनि सञ्चार माध्यमले रिपोर्टिङ गरिदिन उनले आग्रह गरे । अध्यक्ष मगरले कुनै उम्मेदवार वा दल विशेषको पक्षपोषण हुने खालका सामग्री सम्प्रेषण नगर्न समेत सुझाव दिए ।

उनले निष्पक्ष ढंगले निर्वाचनलाइ सफल बनाउन सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका समेत महत्वपूर्ण हुने धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार