काठमाडाैं, माघ १९ :
नेपालका हाइ प्रोफाइल व्यक्तिहरुको नाम दुरुपयोग गरेर रकम उठाउने अमेरिकी नागरिक पक्राउ परेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । अध्यागमन विभागले ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । पक्राउ परेकाअमेरिकन नागरिकले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका पाइएको छ ।
उनले आफ्नो वेबसाइडमा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनादे चौधरीलगायत १३ जनाको नाम राखेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’