बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुग्यो

· आइतबार, १४ असोज, २०८१ मा प्रकाशित
धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुग्यो
काठमाण्डौं, असोज १४ :

धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला रहेका छन् ।

तीन वटा फरक गाडीबाट ३५ जनाको शव  निकालिएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि खोजी कार्य सुरु गरिएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए ।

हिजो लु १ ख ४५७८ नम्बरको  बसबाट  १४ वटा शव निकालिएको थियो । सो बस  बुटवलबाट काठमाडौं आउदै गरेको थियो  ।

त्यसैगरी आइतबार थप दुई वटा बसबाट  २१ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ । मृतक चारै जना पुरुष रहेका छन् ।

त्यसैगरी नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको छ ।निकालिका सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।

देशभर  शुक्रबारदेखि आएको वर्षाका कारण  बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार