काठमाडौँ, असोज १४ :
सिन्धुली- विपी राजमार्गमा एम्बुलेन्स मै २ जना विरामीको मृत्यु भएको छ । बाढीले राजमार्ग बगाएर अबरुद्ध भएपछि काठमाडौँतर्फ बिरामी लिएर आएका फरक फरक एम्बुलेन्समा २ जनाको मृत्यु भएको हो ।
सिन्धुलीको सुनकोसी गाउँपालिका-१ दुम्जामा रोशी र कोसीमा आएको बाढीका कारण विपी राजमार्ग अवरुद्ध हुँदा बा २१ च ७५२३ नम्बरको एम्बुलेन्स मार्फत काठमाण्डौँ लैजाँदै गरेको अवस्थामा कमलामाई नगरपालिका ४ मल्लागाउँकी करिव ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेलको एम्बुलेन्समै मृत्यु भएको छ ।
यस्तै महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्समार्फत काठमाण्डौँ आउँदै गरेको एम्बुलेन्समा बर्दिवास नगरपालिका-८ महोत्तरीका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु एम्बुलेन्समै भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’