काठमाडाैं, माघ १४ :
प्रतिनिधिसभा निर्वाचनको लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट भएको छ ।
निर्वाचन प्रहरीका लागि २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएकामा ६१ जिल्लामा छनोट गरी सकिएको छ । १६ जिल्लामा नतिजा प्रकाशनको तयारी भइरहेको छ।
आगामी निर्वाचनमा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन हुने छ । जसका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ।
निर्वाचन प्रहरीलाई माघ १५ बाट तालिम गराइने छ । १० दिने तालिम दिएर उनीहरूलाई माघ २५ देखी फिल्डमा परिचालन गरिने बताइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता, संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल
पञ्चायकालीन समयमा एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’