काठमाडौं, माघ १४ :
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बारामतीमा चार्टर विमान दुर्घटनामा निधन भएको छ। उनीसंगै अन्य ४ जनाको पनि निधन भएको छ ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार चार्टर विमानमा सवार थिए। विमानमा उनीसँगै २ जना सुरक्षाकर्मी र २ जना चालकदलका सदस्य सवार थिए।
नागरिक उड्डयन महानिर्देशनालयका अनुसार प्रारम्भिक जानकारीअनुसार विमानमा सवार कोही पनि जीवित छैनन्।
बुधबार बिहान बारामती हवाई पट्टीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको हो। दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको थियो । एम्बुलेन्स र आपतकालीन टोलीहरू घटनास्थलमा पुगेर घाइते तथा प्रभावित व्यक्तिहरुको उद्धार गरेको थियो ।
अजित पवार बारामतीमा आयोजना गरिएका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि विमानबाट गएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै