बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश

राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट शाही र रखाल विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ माघ, २०८२ मा प्रकाशित
राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट शाही र रखाल विजयी
सुर्खेत, माघ ११ :

 राष्ट्रियसभा सदस्यमा कर्णाली प्रदेशबाट  नेपाली कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल विजयी भएका छन्। आज भएको निर्वाचनमा शाही ३ हजार २ सय ७८ र रखाल ३ हजार १ सय ४५ मतभारसहित विजयी भएका हुन् । शाही अन्य कलष्टरबाट र रखाल महिला कलष्टरबाट विजयी भएका हुन् ।

मतदानमा ९६.४६ प्रतिशत मत खसेको थियो र स्थानीय तहतर्फको ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। राष्ट्रिय सभाका लागि कर्णालीमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो भने नेपाली कम्प्युनिस्ट पार्टी (नेकपा) एक्लै चुनावमा उत्रिएको थियो । नेकपाबाट बुद्धिप्रसाद शर्मा र अञ्जु महतरा (शाही) ले मनोनयन दर्ता गराएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार