शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति स्वास्थ्य भिडियो

स्वास्थ्य बिमा प्रभावकारी बनाउन वित्तीय असन्तुलन मुख्य चुनौती : मन्त्री गौतम

स्वास्थ्य जोखिम उच्च भएका व्यक्तिको अधिक सहभागिता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ माघ, २०८२ मा प्रकाशित
स्वास्थ्य बिमा प्रभावकारी बनाउन वित्तीय असन्तुलन मुख्य चुनौती : मन्त्री गौतम
काठमाडौं, माघ ११ :

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले वित्तीय असन्तुलन र समयमा नै दाबी भुक्तानी नभएका कारण स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन समस्या भएको बताएकी छन् ।

आफ्नो तीन महिने कार्यकालमा भएका कामकारबाहीका बारेमा जानकारी दिन आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन आफूहरुले पहिलो दिनदेखि नै कार्य सुरु गरेपनि विभिन्न समस्याका कारण सफल हुन नसकेको बताए । स्वास्थ्य जोखिम उच्च भएका व्यक्तिको अधिक सहभागिता, अनावश्यक सेवा उपभोग, दाबी व्यवस्थापनमा कमजोरी लगायतका समस्या स्वास्थ्य बिमा क्षेत्रमा देखिएको उनले बताइन् ।

मन्त्री गौतमले स्वास्थ्य बिमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भएको र स्वीकृतिको प्रक्रिया अघि बढाइएको जानकारी दिइन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न जनशक्ति तयार अवस्था रहेपनि भौतिक पूर्वाधारका क्षेत्रमा धेरै सुधार गर्न कठिन भएको उनको भनाइ छ ।

उनले जेनजी घाइतेहरुको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु, मानसिक, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार, स्वास्थ्य बिमा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरिन् ।

उनले मातृ मृत्यु सर्वेक्षणमा उच्च मातृ मृत्युदर रहेका लुम्बिनी, कर्णाली, गण्डकी र मधेश प्रदेशमा मातृ मृत्युदर कम गर्न विशेष ध्यान दिइएको भन्दै आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै स्वास्थ्य प्रणालीलाई नागरिकको विश्वास जित्ने दिशामा काम गर्ने धारणा राखिन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार