शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश मधेस प्रदेश

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्यः डा सिके राउत

· शनिबार, १० माघ, २०८२ मा प्रकाशित
प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्यः डा सिके राउत
सप्तरी, माघ १० :

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको राजनीतिक निकास र दिगो विकासका लागि नयाँ गणतन्त्र र प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य रहेको बताएका छन् ।

प्रेस जनमत सङ्घले आज यहाँ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले सार्वजनिक गरेको घोषणापत्रमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा विद्यमान संरचनागत समस्याको समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरिएको बताए ।

अध्यक्ष डा राउतले सुशासन र समृद्धिको यात्रा पूरा गर्दै देशको विकास र निकासका निम्ति आफ्नो पार्टीले नौलो गणतन्त्रको ‘एजेन्डा’ अगाडि सारेको बताए । उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञहरू सम्मिलित मन्त्रिपरिषद् गठन गर्दा भ्रष्टाचार अन्त्य हुने उल्लेख गरे ।

“देश अहिले सङ्कटमा छ, त्यो सङ्कट पनि बहुआयामिक छ । संविधानमाथि नै धावा बोलिएको छ । त्यसैले  सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ”, अध्यक्ष राउतको भनाइ थियो ।

उनले प्रदेशको पूर्ण स्वायत्तताका सन्दर्भमा जनमत पार्टीले मधेसलगायत सबै प्रदेशलाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, साधन–स्रोत र प्रशासनिक अधिकार पूर्ण रूपमा हस्तान्तरण गर्नुपर्ने धारणा अघि सारेको बताए ।

आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गर्दै सप्तरी क्षेत्र नं २ का उम्मेदवार राउतले रोजगारी सिर्जना, प्रशासनिक सुधार र जनमुखी विकासका कार्यक्रमहरू आफूले अघि बढाइए पनि प्रदेशलाई पूर्ण स्वायत्तता नदिएसम्म समस्या भइरहने धारण राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार