बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

सानोथिमिस्थित बाल सुधार गृहमा दुई समूहबीच झडप, १३ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ माघ, २०८२ मा प्रकाशित
सानोथिमिस्थित बाल सुधार गृहमा दुई समूहबीच झडप, १३ जना घाइते
भक्तपुर, माघ ९ :

भक्तपुरको मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप भएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडपका क्रममा सुधारगृहभित्र आगजनी र तोडफोड समेत भएको छ । 

झडपका क्रममा १३ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रबक्ता डिएसपी प्रकाश जगेबुले जानकारी दिए । झडपको खवर प्राप्त हुनेबितिकै बाल सुधारगृहमा पुगेका प्रहरीमाथि नै दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको उनले  बताए ।

प्रवक्ता जगेबुले घाइतेलाई उपचारका लागि लैजाने प्रयास गर्दा प्रहरीबाट थुतेर घाइतेहरुलाई उल्टै बन्धक बनाएको र प्रहरीको मोबाइल र सेट समेत खोस्ने काम भएको जानकारी दिए । बाल सुधारगृहमा १६४ जना रहेकोमा १८ बर्षभन्दामाथिका ८७ जना रहेको उनले बताए । १८ वर्ष भन्दा बढि उमेर समूहका व्यक्तिलाई समेत बाल सुधारगृहमा राख्दा हिंसात्मक घटना दोहरिएको हुन सक्ने प्रवक्ता जगेबुले बताए । 

बाल सुधारगृहमा आगजनी र तोडफोड भएपछि त्यहा रहेकाहरुलाई सशस्त्र प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । सुधारगृहमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको थिमि प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार