शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
राजनीति भिडियो

चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्छौं : लिङ्देन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ माघ, २०८२ मा प्रकाशित
चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्छौं :  लिङ्देन
काठमाडौं, माघ ५ :

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीकाबारेमा असहमति हुँदाहुँदै पनि पार्टी सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा लिङ्देनले वर्तमान राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा देखिएको समस्या समाधान नगरी हुन लागेको निर्वाचनले निकास नदिने कुरामा पार्टी अडिग रहेपनि मुलुक जबरजस्त चुनावतर्फ अघि बढिसकेकाले पार्टी पनि सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताए।

प्रजातान्त्रीक दल भएकाले आफूहरु निर्वाचनमा सहभागी हुने र चुनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने उनले बताए । उनले देशलाई दीर्घकालिन शान्ति तथा स्थायित्व निर्माण गर्नका लागि पूर्वराजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नविनतम समझदारी आवश्यक रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष लिङ्देनले अभिभावकीय संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको र दुई तहको संरचनासहितको व्यवस्था हुनुपर्ने दोहराए । 
कार्यक्रममा अध्यक्ष लिङ्देनले अधिवक्ता स्वागत नेपाललाई पार्टी प्रवेश गराएका थिए । अधिवक्ता नेपाललाई राप्रपाले  झापा–२ का लागि उम्मेदवारको रूपमा घोषणा समेत गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार