
काठमाडौं, माघ ४ :
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले आइतबार उपप्रमुख सुनीता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
रास्वपाका वरिष्ठ नेता बनेका बालेन झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । रास्वपा कार्यालयमा बालेनलाई स्वागत गरे लगत्तै, उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
यसैबीच, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत: कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।