बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

सुधारिएको ब्याटिङ र फिल्डिङसहित मैदानमा उत्रँदै नेपाली महिला टाेली

· आइतबार, ४ माघ, २०८२ मा प्रकाशित
सुधारिएको ब्याटिङ र फिल्डिङसहित मैदानमा उत्रँदै नेपाली महिला टाेली
काठमाडौं, माघ ४ :

नेपाली महिला क्रिकेट टोली आइतबारदेखि सुरु हुने आइसिसी महिला टि–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै प्रस्तुत हुने भएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आज साँझ नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान इन्दु वर्माले सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलुु मैदानको अनुकूलता प्रयोग गर्दै यसपटक कम्तीमा सुपर सिक्स भित्रपर्ने गरी खेल्ने बताए ।

प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन् । यीमध्ये नेपालले नेदरल्याण्ड, थाइल्याण्ड र अमेरिकी टोलीसँग अभ्यास खेलसमेत खेलेको छ । अभ्यास खेलले नेपाली टोलीलाई बलिया प्रतिद्वन्दीसँग कसरी खेल्ने र खेललाई आफ्नो पक्षमा पार्ने भन्ने सिकाएको उनले बताए।  

“आठर वर्षपछि प्रभावशाली टोलीसँग खेल्न पाएका छौँ । अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर पायौँ । उत्साहित छौँ, र आत्मविश्वास पनि छ”, वर्माले भन्नुभयो । महिला क्रिकेटतर्फ देशले आयोजना गर्न लागेको हालसम्मकै ठूलो प्रतियोगिता भएको उहाँले जानकारी दिए ।

यस्तो प्रतियोगिताले नयाँ पुस्तालाई अघि बढ्ने अवसर प्रदान गर्ने कप्तान इन्दुको भनाइ छ । “महिला क्रिकेटका लागि यो महत्त्वपूर्ण मोड हो । यसबेला हामीले गरेको मेहनतले आगामी पुस्ताका लागि पनि सकारात्मक वातावरण बनाउने विश्वास छ”, उनले भने ।

कार्यक्रममा नामिबिया, अमेरिकासहित टिमका कप्तानले पनि अभ्यास खेलले नेपाली क्रिकेटको पिच र मैदानको अवस्था बुझ्ने बताउँदै यो प्रतियोगिताका लागि उत्कृष्ट तयारी बन्ने उल्लेख गरे । आइतबारदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेल नेपालले थाइल्याण्डसँग खेल्नेछ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार