
काठमाडौं, माघ २ :
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गतेदेखि लागु हुने गरी उनले राजीनामा दिएका हुन्।
पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। सोही कारण उनले महानगर प्रहरी प्रमुखको जिम्मेवारी त्यागेको बताइएको छ।
मेयर बालेन्द्र शाहका विश्वास पात्र पाण्डे निर्वाचन लड्ने उपयुक्त क्षेत्रको खोजीमा छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले राजीनामा दिएको बुझिएको छ ।