शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

एमालेले काठमाडौंमा निर्वाचन केन्द्रित जनप्रदर्शन गर्ने

कांग्रेसको विभाजन लोकतन्त्र र परिवर्तनको रक्षा गर्ने कुरामा दुखद्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ माघ, २०८२ मा प्रकाशित
एमालेले काठमाडौंमा निर्वाचन केन्द्रित जनप्रदर्शन गर्ने
काठमाडौं, माघ १ :

नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीले बिहीबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर माघ ४ गते काठमाडौंमा आयोजना गर्न लागेको निर्वाचन केन्द्रित विशेष जनप्रदर्शनको तयारी पूरा भएको जनाएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु हुने जनप्रदर्शन कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुने एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए। सभाबाट एमालेले निर्वाचन केन्द्रित विशेष कार्यक्रमको घोषणा गरिने उनले बताए । 

बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि आवश्यक वातावरण बनाउन आग्रह गरे । उनले चुनाव भए एमालेले बहुमत ल्याउने र ठुलो दल हुने कुरालाई अब कसैले रोक्न नसक्ने दाबी गरे । 

त्यस्तै बस्नेतले कांग्रेसको बिभाजन लोकतन्त्र र परिवर्तनको रक्षा गर्ने कुरामा दुखद भएको बताए । कांग्रेसको दुई पक्षमध्ये एक पक्षसंग सहकार्य गर्ने अवस्था आए एमालेले शेर बहादुर देउवा नेतृत्वको कांग्रेस सहकार्य गर्ने उनले बताए । 

बस्नेतले एमाले विभाजन गर्न चाहना पूरा नभएपछि कांग्रेस विभाजन गराइएको समेत बताए । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनःस्थापनाका रूपमा लिएको स्पष्ट उल्लेख गए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार