
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ८ बुँदे प्रस्ताव लिएर केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेका प्रस्ताव लिएर पार्टी कार्यालय पुगेका हुन् ।
उक्त प्रस्तावमा अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्नेसहितका ८ बुँदे समेटिएको छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन अघि बढिरहँदा शर्माले अन्तिम प्रयत्नस्वरुप संस्थापनलाई आठ बुँदे प्रस्ताव गरेका हुन् । सानेपामा भने संस्थापनले केन्द्रीय कार्यसमिति राखेर विशेष महाधिवेशन पक्षधरलाई कारबाहीको अर्को तयारी पनि गरिरहेको छ ।
सानेपामा मध्यमार्गी धार समातेका नेता डा. शेखर कोइराला पनि सानेपामा नै रहेका छन् । संस्थापनसँगको संवादले विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका अपराह्न ४ बाजेसम्मलाई सारिएको छ । विशेष महाधिवेशनमा सभापतिका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको छ। महामन्त्रीका विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ