नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ ।
उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।
नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित ‘डाटा’ प्रशोधनका लागि प्रयोग गरिनेछ ।
उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा रवीन्द्रप्रसाद ढकालले बताए । मुनाल उपग्रह ‘आइएसआरओ’को ‘एसएलभी–सिक्स टू’ पनि ‘रकेट’मार्फत ‘राइडसेयर पेलोड’ का रूपमा आज बिहान १०:१७ बजे (भारतीय समय) अर्थात् नेपाल समयअनुसार १०:३२ बजे प्रक्षेपण हुनेछ भन्ने जानकारी गराए ।
ढकालले यो प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै