बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

देउवालाई सुनिल शर्माको आग्रह- रोइलो छाडेर बन्दसत्र उद्घाटनमा आउनुस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ पुस, २०८२ मा प्रकाशित
देउवालाई सुनिल शर्माको आग्रह- रोइलो छाडेर बन्दसत्र उद्घाटनमा आउनुस्
काठमाडौं, पुस २७ :

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई  विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्नका लागि आउन अनुरोध गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘शेरबहादुर दाई तपाईं एउटा इतिहास बोकेको हाम्रो नेता हो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ,’ उनले भनेका छन्, ‘रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौं ।’उमेरका कारणले पनि अब अघि नबढ्न सभापति देउवालाई उनको आग्रह थियो ।

उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि भृकुटीमण्डपमा उपस्थित भिडले गिज्याएको टिप्पणी गरे ।पार्टीमा ५४ प्रतिशत हस्ताक्षरलाई समेत समान्य छलफल गराउन नसक्नु बिडम्बना भएको तर्क गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार