शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
राजनीति भिडियो

विभाजन होइन, सहमति र एकताको महाधिवेशन गरौं : शेखर कोइराला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ पुस, २०८२ मा प्रकाशित
विभाजन होइन, सहमति र एकताको महाधिवेशन गरौं : शेखर कोइराला
काठमाडौं, पुस २७ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान, लोकतन्त्र र पार्टी एकताको रक्षा अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्। 

कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा नेता शेखर कोइरालाले भिडियो सन्देश गर्दै  कांग्रेसको इतिहास, बीपी कोइरालाको मेलमिलापको सिद्धान्त र पार्टीभित्रको लोकतान्त्रिक अभ्यास स्मरण गर्दै आफू विधि, विधान र शान्त प्रक्रियाबाट पार्टी रूपान्तरणको पक्षमा रहेको स्पष्ट पारे। 

राजनीतिक अन्योल र संविधानमाथि देखिएको संकटप्रति चिन्ता व्यक्त गर्दै उनले निजी पद वा शक्ति प्राप्तिको कुनै महत्त्वाकांक्षा नभएको र कांग्रेसको एकता तथा विधानको कार्यान्वयनका लागि अन्तिमसम्म संघर्ष गर्ने प्रतिबद्धता जनाए।

विशेष महाधिवेशनको सन्दर्भमा उनले विभाजन होइन, सहमति, सहकार्य र सहअस्तित्वमार्फत एकताबद्ध कांग्रेस निर्माण गर्न आह्वान गरे। महाधिवेशन प्रतिनिधिहरूलाई ऐतिहासिक दायित्वबोधका साथ पार्टी हितमा निर्णय लिन आग्रह गर्दै उनले एकताबाटै राजनीतिक निकास सम्भव हुने विश्वास व्यक्त गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार