बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश भिडियो

बझाङको एक पसलमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
बझाङको एक पसलमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति
बझाङ, पुस २५ :

बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेको एक पसलमा आगलागी भएको छ । शुक्रबार बिहान करिब १० बजे चैनपुरस्थित देबिथान मन्दिर नजिकै रहेको सुर्मा देवी सिरक-डस्ना उद्योगमा आगलागी भएको हो ।

पसलमा विद्युत् तार सट भएर आगलागी भएको बताइएको छ । आगलागीका कारण पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ । करिब आधा घन्टासम्म आगो दन्किएको आगोले पसलभित्र रहेका मेसिन, सिरक, लुगाकपडा तथा अन्य सामग्रीहरू सबै जलाएको हो । आगलागीबाट करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

स्थानीय, नेपाली सेना तथा प्रहरीको लामोे प्रयासपछि आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रणका लागि जयपृथ्वी नगरपालिकाको दमकल ढिलो आइपुगेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार