काठमाडौं, पुस २५ :
नेपाली कांग्रेसको संस्थापन पक्षले आज भेलाको आयोजना गर्दैछ ।
भेलामा आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बोलाईएको छ । आज बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा सस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ ।
पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने विवाद चलिरहेकै बेला संस्थापन पक्षका सदस्यहरूको भेला आह्वान गरिएको छ ।
बैठकमा नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि भेला बोलाइएको एक नेताले बताएका छन् ।
हिजो संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।
त्यसपछि आफ्नो समूहका सदस्यहरूको भेला बोलाइएको हो ।
यता विशेष महाधिवेशन पक्षले विशेष महाधिवेशनको तयारीलाई तीब्र पारेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी