काठमाडौं, पुस २४ :

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार भेटवार्ता भएको हो ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राजदूत थम्सनले केहीदिन अघि प्रधानमन्त्री सुशीला कार्कीसँग पनि बिदाइ भेट गरेका थिए ।