शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक #तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक
राजनीति

गगन थापा भन्छन्- बरू विष पिउँछु, पार्टी फुट्न दिन्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ पुस, २०८२ मा प्रकाशित
गगन थापा भन्छन्- बरू विष पिउँछु, पार्टी फुट्न दिन्न
फाइल तस्बिर ।
काठमाडौं, पुस २३ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन्। पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन घोषणा भएको अवस्थामा उनले पार्टी फुट्न नदिने बताएका हुन् । महामन्त्री थापाले बुधबार  नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा यस्तो बताएका हुन्। 

नियमित महाधिवेशन वैशाखमा गर्ने मिति तय भएको सन्दर्भमा विशेष महाधिवेशन पक्षधर जसरी पनि महाधिवेशन गर्ने गरी अगाडि बढेकाले यसैकारण कतै पार्टी फुट्ने त होइन भन्ने चर्चाकाबीच महामन्त्री थापाले एकता कायम राख्ने प्रतिबद्धता जनाएका हुन्

उनले भने, ‘जस्तो सुकै अप्ठेरो अवस्था आए पनि  बरु विष पिउँछु पार्टी एकता कायम राख्न प्रयत्न गर्नेछु।’  उनले कसैले चाहेर पनि पार्टी नफुट्ने भन्दै देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त पारेका छन् । कसैले चाहेर पनि पार्टी फुट्दैन,’ थापाले भनेका छन्,  पार्टीलाई सान्दर्भिक बनाइराख्ने छु।’

महाधिवेशनको कुराले कांग्रेसमा असन्तुष्टि र कलहको विजारोपण सुरु भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार