मकवानपुर, पुस २३ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडा आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन् । नेकपाले मकवानपुरका दुवै निर्वाचन क्षेत्रबाट खतिवडाको नाम सिफारिस गरेको थियो। 

 उनले आफ्नो नाम सिफारिस गरिएकोमा आभार प्रकट गर्दै भने, ‘म निर्वाचनमा उठ्दिनँ, अरू साथीहरूलाई सहयोग गर्छु।’ राष्ट्रिय पञ्चायत हुँदै प्रतिनिधिसभाको सदस्यका रूपमा मकवानपुरबाट उनी ६ पटक उम्मेदवार बनिसकेका छन् ।  विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय बनेका खतिवडा चारपटक निर्वाचित सांसद भइसकेका छन् । प्रतिनिधिको निर्वाचन फागुन २१ गते हुँदैछ ।