आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस#गगनकुमार थापा#काठमाण्डु गोर्खाजको जित #प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस#गगनकुमार थापा#काठमाण्डु गोर्खाजको जित
समाचार राजनीति

कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय सर्यो

· मंगलबार, २२ पुस, २०८२ मा प्रकाशित
कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय सर्यो
काठमाडौं, पुस २२ :

आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय सरेको छ ।

आज बिहान ११ बजे बस्ने तय भएको बैठक दुई घण्टा पर सारिएको छ । आज दिउँसो १ बजे बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले बिहान प्रेस नोट जारी गर्दै  जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुलाई आमन्त्रण गरिएको छ । काँग्रेसको कार्यसम्पादन समितिको बैठक निरन्तर बसिरहेको छ । पार्टीको महाधिवेशनको बिषयमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच कुरा मिल्न नसक्दा बैठक अन्यौल बनेको छ ।

यद्यपि हिजो बसेको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेसहितका अन्य दलसँग सहकार्य गर्न आन्तरिक छलफल भएको थियो ।आजको बैठकले उम्मेदवार टुंगो लगाउने भएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले १८ मध्ये ८ सिटमा दाबी गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार