
प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले वीरगन्जमा निषेधाज्ञा जारी गरिएको छ। मुस्लिम र हिन्दु समुदायबीचको द्वन्द्वका कारण प्रदर्शन चर्किएपछि वीरगन्ज महानगरपालिकामा आज दिउँसो १ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पूर्वी क्षेत्रको बसपार्क, पश्चिमी क्षेत्रको सिर्सिया पुल, उत्तरी क्षेत्रको पावर हाउस चौक र दक्षिणी क्षेत्रको शंकराचार्य गेटको आसपास कुनै पनि किसिमका सभा, जुलुस र प्रदर्शनहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। निषेधाज्ञा उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ।
धनुषाको कमला नगरपालिका- ६ स्थित सखुवा मरानको मुस्लिम बस्तीमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो।