शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

‘लेभोफ्क्स–५००’ ट्याबलेट बिक्री र प्रयोगमा रोक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ पुस, २०८२ मा प्रकाशित
‘लेभोफ्क्स–५००’ ट्याबलेट बिक्री र प्रयोगमा रोक
काठमाडौं, पुस १८ :

औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । विभागले अज एक सूचना जारी गर्दै औषधि ‘लेभोफ्क्स-५००’ ट्याबलेट फिर्ता गर्न सूचना जारी गरेको हो ।

ब्याच नं ‘बिबी-२४००१’ को औषधि बजारबाट फिर्ता गर्न भनिएको हो । यो औषधि मेग्नस फर्मा प्रालिले उत्पादन गरेको हो । उक्त औषधि ब्याक्टेरिया सङ्क्रमण रोक्नलाई प्रयोग गरिन्छ । विभागले उक्त ब्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न र नगराउनु हुन सबैलाई अनुरोध गरेको छ ।

राष्ट्रिय औषधि प्रयोगशालाबाट बजारीकृत औषधिको नमुना सङ्कलन गरी परीक्षण गर्दा देहायको उत्पादकबाट उत्पादित ब्याच नं को औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको वितरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूका जानकारीका लागि विभागले सूचना प्रकाशित गरिएको जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार