शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बन्दसूचीमा महिला प्रतिनिधित्वको संख्या बढाउन माग गर्दै प्रदर्शन

भन्छन्- समानुपातिकलाई आरक्षण नबनाऔं, समानुपातिकको मर्म मास्न पाइदैन,
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ पुस, २०८२ मा प्रकाशित
बन्दसूचीमा महिला प्रतिनिधित्वको संख्या बढाउन माग गर्दै प्रदर्शन
काठमाडौं, पुस १८ :

प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा राजनीतिक दलहरुले बुझाएको बन्दसूचीमा महिला प्रतिनिधित्व कम भएको भन्दै काठमाडौंमा महिलाहरुले प्रदर्शन गरेका छन् ।

संविधान प्रदत्त समानूपातिक समावेशी अधिकार कुण्ठित गरेको भन्दै राजनीतिक कदम बिरुद्ध महिला अधिकारका लागि दबाब अभियानले शुक्रबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले समानुपातिकलाई आरक्षण नबनाऔं, समानुपातिकको मर्म मास्न पाइदैन, संवैधानिक अधिकार कायम गर, अधिकार खोस्ने अभ्यास–लोकतन्त्रको अपमान, हामी न्याय चाहन्छौ लगाएत लेखिएकाले प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साथै उनीहरुले संविधानले सुनिश्चित गरेका तर व्यवहारमा कार्यान्वयन नभएका अधिकारहरूलाई पुनः स्मरण गराउँदै नारा लगाएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार