शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक #तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक
राजनीति भिडियो

निर्वाचन युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने अवसर हो : प्रधानमन्त्री कार्की

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १५ पुस, २०८२ मा प्रकाशित
निर्वाचन युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने अवसर हो : प्रधानमन्त्री कार्की
काठमाडौं, पुस १५ :

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी छिन् ।

तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री कार्कीले बिभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी हुन् ।  त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको उनले बताइन् ।

 आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको भन्दै प्रधानमन्त्री कार्कीले दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएको बताइन्।

उनले निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको भन्दै निर्वाचन प्रक्रियामा पनि उत्साहका साथ सबै पक्ष सामेल हुने विश्वास सरकारको रहेको उल्लेख गरिन् । सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले मुलुकले अब थप अस्थिरता नभइ स्थिरता र विश्वास चाहेकाले सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प नरहेको बताइन् ।

त्यस्तै प्रधानमन्त्री कार्कीले तमु ल्होसारजस्ता पर्वहरूले आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गरेको बताइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार