बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार शिक्षा

हिसानको अध्यक्षमा शर्मा विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ पुस, २०८२ मा प्रकाशित
हिसानको अध्यक्षमा शर्मा विजयी
काठमाडौं, पुस १३ :

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् ।

 यही पुस ११ र १२ गते काठमाडौँमा सम्पन्न महाधिवेशनका अवसरमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी शर्माले १६० र प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित शर्मा निवर्तमान उपाध्यक्ष र भण्डारी निवर्तमान महासचिव हुन् ।

यसैगरी, सङ्घको वरिष्ठ उपाध्यक्षमा टङ्कराज आचार्य र डा स्वागत श्रेष्ठ, महासचिवमा रामहरि सिलवाल र कोषाध्यक्षमा शिव अधिकारी विजयी भएका छन्। नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष रमेशकुमार सिलवालले बधाई दिए । महाधिवेशनको उपराष्ट्रपति रामसहायप्रसाद यादवले शनिबार उद्घाटन गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार