इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गरेको छ । आक्रमणमा हिजबुल्लाह एयर युनिटका एक कमाण्डर मारिएको जनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी दुई जनाको मृत्यु भएको र १५ जना घाइते भएको जनाएको छ ।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा सेनाले पूर्ण शक्तिका साथ लड्ने बताएका थिए ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले नेतान्याहूको एक्स पेज मार्फत एक विज्ञप्ति जारी गर्दै 'युद्धविरामको समाचार सत्य नभएको' बताएका छन् । साथै उनले लेबनानमा आक्रमण जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार लेबनानमा भएको आक्रमणमा परी ७२ जनाको मृत्यु भएको थियो भने इजरायली बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ६ सय २० नाघेको थियो ।
इजरायलले गाजामा पनि आक्रमण जारी राखेको छ जसमा कम्तीमा १५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
गाजामा इजरायली युद्धमा कम्तीमा ४१ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ भने ९६ हजार ९२ जना घाइते भएका छन् ।
इजरायलमा अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा १ हजार १ सय ३९ रहेको छ भने २ सय भन्दा बढी लाई बन्दी बनाइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै