सुनसरी, असोज ११ :

कोशी ब्यारेजमा केहीबेर अघि यात्रुबहक बस खसेको छ ।
बस दुर्घटनामा परेका  २० जना यात्रुको उद्धार गरिएको  भने अरुको खोजी भइरहेको छ । कति जना यात्रु थिए भन्ने एकिन भएको छैन ।
ब्यारेजबाट निकालिएकाहरुलाई सुनसरीको विभिन्न अस्पतालमा लगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभएको छ ।
विराटनगरबाट मधेश प्रदेशतर्फ गइरहेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस दुर्घटनामा परेको हो ।