बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोह पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ९ पुस, २०८२ मा प्रकाशित
तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं, पुस ९ :

प्रहरीले नेपालमा क्यासिनो इभेन्ट गरी तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोमा इभेन्ट नै आयोजना गरी तासमा चिप्स्स र आँखामा बिशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो । 

पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, बिक्रम सिंह , प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् भने क्यासिनो संचालक, विनोद भन्ने जनार्दन उप्रेती, गौरब खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भनिने व्यक्ति फरार रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । 

डिसेम्बर ११ देखि १४ तारेखसम्म भारत र नेपालका बिभिन्न समूह मिलेर क्यासिनो इभेन्ट आयोजना गरेका थिए । महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेको र चिप्स्स जडित ताज र विशेष प्रकारको लेन्सको जोहो गरेको भट्टराईले बताए। ठगी गर्नैका लागि ५० प्याकेट म्याग्नेट जटित तास र ४ सय लेन्स भारतबाट खरिद गरेर ल्याइएको पाइएको उनले जानकारी दिए । आँखामा विशेष प्रकारको लेन्स लगाएपछि तासको दुवैतर्फ देखिने र अन्य खेलाडीलाई ठगी गर्ने स्पष्ट नियत देखिएको उनको भनाइ छ ।

ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरि ईभेण्ट सञ्चालक सुरेश माहाजन र दिनेश बर्माबीच सहमति भएको समेत अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका व्यक्तिका साथबाट प्रहरीले नेपाली र भारतीय रुपैया, चिज जडित तास, लेन्स, हवाइ टिकट लगाएत बरामद गरेको छ । वाल्डो क्यासिनोले समेत कानून उलंघन गरेको देखिएकाले पर्यटन बिभागसंग समन्वय गरेर आवश्यक कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार