बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति प्रदेश कोसी प्रदेश

भाद्र २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही हुनुपर्छ : शेखर कोइराला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ६ पुस, २०८२ मा प्रकाशित
भाद्र २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही हुनुपर्छ  : शेखर कोइराला
विराटनगर, पुस ६ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाद्र २४ गतेको विध्वंशमा जेनजीहरुको हात नरहेको जिकिर गरेका छन् ।

आइतबार विराटनगरमा आयोजना गरिएको नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली चुनौती, अवसर र सम्भावनाबारे युवासँग संवाद कार्यक्रममा नेता कोइरालाले भाद्र २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरुको आवाज अभिव्यक्त भएको बताए ।

भाद्र २४ गते गरिएको विरोध, विद्रोह भन्दा पनि विध्वंस भएको बताउदै उनले त्यसमा जेनजी युवाहरुको हात नरहेको बताए । उनले भाद्र २३ गतेको घटनाका दोषीलाई मात्र नभई भाद्र २४ गतेका घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग गरे ।

कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको सो कार्यक्रममा युवा र जेन्जीहरुको प्रश्नको उत्तर दिदै नेता कोइरालाले शिक्षामा भईरहेको राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किएको धारणा व्यक्त गरे ।

उनले शिक्षाबाट राजनीतिलाई हटाउनै पर्ने जिकिर गर्दै अंग्रेजी र नेपाली माध्यमका नाममा भईरहेको पढाईले दुई प्रकारका नागरिक उत्पादन भइरहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार