
काठमाडौं, पुस ६ :
प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन नहुने बताएकी छन् ।
आइतबार बालुवाटारमा तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालको संस्कृति सम्पदा मौलिक रहेको भन्दै आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन नहुने बताइन् ।
संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुने उहाको भनाइ छ । उनले सरकारी कार्यालयहरुमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा पनि राखे ।
परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसारसम्बन्धी कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थितिका लागि प्रधानमन्त्री कार्कीलाई आमन्त्रण पनि गरेको समेत गरेको छ ।