शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार राजनीति भिडियो

‘कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएका छौं’

एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ मंसिर, २०८२ मा प्रकाशित
‘कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएका छौं’
काठमाडौं, मंसिर २९ :

काठमाडौँ महानगरपालिकाले आफ्ना ३१ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ । दिवसका अवसरमा महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थीतिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । 

समारोहमा महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरुको प्रदर्शन गरिएको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताए। उनले  करिब  ९१ करोडको लागतमा सम्पदा संरक्षणका काम हुँदा २७६ मूर्त सम्पदा आयोजना र १ सय २५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएको पनि बताए ।आगामी दिनमा करिब दुई खर्ब बराबरको एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेको उनले बताए।  

महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई थप प्राथमिकतासहित कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।

समारोहमा महानगरले महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान तथा उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कृत गरिएको थियो । २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरेको दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार