शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
राजनीति

पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी गरेको हुँ : ईश्वर पोखरेल

आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक मान्नु हुँदैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ मंसिर, २०८२ मा प्रकाशित
पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी गरेको हुँ : ईश्वर पोखरेल
काठमाडौं, मंसिर २९ :

नेकपा एमालेको अध्यक्षका उम्‍मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी गरेको बताए ।

सोमबार भृकुटीमण्डपस्थित महाधिवशेन स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धति अनुरुप ठिक ढंगले चलाउनका लागि नेतृत्वमा दाबी गरेको बताएका हुन् । अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको उनले बताए । 

उनले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनव्र्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । पोखरेलले बहुदलीय जनवादले निर्देशित एमालेमा आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक मान्न नहुने जिकिर गरे ।

त्यस्तै ईश्वर पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले एमाले प्रतिनिधिले पार्टीलाई एकताबद्ध गर्न आफुहरुलाई सहयोग गर्ने बताए ।

त्यस्तै उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चुनावी प्रतिष्पर्धा भएपनि कसैप्रति पूर्वाग्रह नहुने बताए । नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएकाले सामूहिकतामा पार्टीलाई चलाउनका लागि उम्मेदवारी दिएको उनले बताए ।

त्यस्तै उपमहासचिव पदका उम्मेद्वार योगेश भट्टराईले पार्टीको पुरानै नेतृत्वप्रति धेरै प्रश्न उठेकाले नयाँ नेतृत्वका साथ पार्टीलाई अघि बढाउनुपर्ने बताए ।

त्यसैगरी सचिव पदमा उम्मेदवार कर्ण थापाले अध्यक्षले नै टिमको घोषणा गरेकाले आफूहरुले पनि छुटै टिम घोषणा गरेको बताए । उनले अब सहमतिको सम्भावना नरहेकाले लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन हुने जिकिर गरे ।

नेकपा एमालेको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टा छुट्टै टिम बनाएर चुनावी प्रतिष्पर्धामा उत्रेका छन्। एमाले नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुने कार्यतालिका रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार