शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

साफ महिला क्लब च्याम्पियनसिप फुटबल : नेपालको एपीएफ क्लब विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ मंसिर, २०८२ मा प्रकाशित
साफ महिला क्लब च्याम्पियनसिप फुटबल : नेपालको एपीएफ क्लब विजयी
काठमाडौं, मंसिर २८ :

विभागीय टोली एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आफ्नो तेस्रो खेलमा जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । एपिएफका लागि रस्मिकुमारी घिसिङले निर्णायक गोल गरिन । उनले खेलको ५२आँै मिनेटमा रेनुका नगरकोटिको पासमा गोल गरेकी हुन् । जितसँगै एपिएफले तीन खेलबाट सात अङ्क बटुलेको छ ।  

एपिएफले पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलअन्तरले हराएको थियो । त्यस्तै दोस्रो खेलमा एपिएफले भुटानी क्लब ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेलेको थियो । अब नेपालले भारतको इस्ट बङ्गालसँग आगामी पुस २ गते खेल्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार