शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

चार अर्ब ७४ लाख ५५ हजार ७७ को कारोबार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ मंसिर, २०८२ मा प्रकाशित
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं, मंसिर २८ :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो ।

आज ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६० हजार ६९९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७४ लाख ५५ हजार ७७ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा बैंकिङ र म्युचुअल फण्ड उपसमूह सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिटी होटल लिमिटेडको शेयर मूल्य छ दशमलव २६ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेड (प्रमोटर) को रु २६ करोड १८ लाख ५५ हजार ९३० बराबरको २४ लाख ९३ हजार ८६६ कित्ता शेयर किनबेच भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार