शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश बागमती प्रदेश

एमालेको महाधिवेशन उद्घाटन स्थलमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ मंसिर, २०८२ मा प्रकाशित
एमालेको महाधिवेशन उद्घाटन स्थलमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन
भक्तपुर, मंसिर २७ :

नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोहका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। उद्घाटन समारोह स्थलको सुरक्षा सुनिश्चित गर्न विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालित गरिएको छ।

प्रहरीले समारोह स्थल वरपर कुकुर डुलाएर विष्फोटक पदार्थ तथा हतियारको पहिचान गरिरहेका छन्। कुकुरहरुले बम र विष्फोटक पदार्थ सुँघेर पत्ता लगाउने काम गरिरहेका छन् भने बम डिकेटर उपकरणसहित प्रहरी टोली पनि सुरक्षा निगरानीमा खटिएका छन्।

उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा रहेको सार्वजनिक जग्गामा आयोजना हुँदैछ।  यसअघि नै एमाले कार्यकर्ताहरु समारोह स्थलमा आइपुगेका छन्।

उदघाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जानकारी दिएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरु, कार्यकर्ताहरु र विभिन्न सामाजिक प्रतिनिधिहरु सहभागी हुनेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार