चितवन, असोज १० :

चितवन राष्ट्रिय निकुञ्जमा एउटा हात्तीको मृत्यु भएको छ ।  ६७ वर्षको भाले हात्ती लम्बोदर प्रसादको सडकमै मृत्यु भएको हो ।

 बछौली हात्तीसारमा पालिएको लम्बोदर प्रसादको हिजो साँझ कालगतिले मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जमा चरेर हात्तीसारतर्फ आउँदै गर्दा हात्ती सडकमै ढलेको हो ।

 पूजा र धुपबत्ती बालेर हात्तीको अन्त्येष्टि गरिएको छ ।

भाले हात्तीकाे औसत आयु ६५ देखि ७० वर्ष हुने चिकित्सकहरु बताउँछन् ।